चोरी गरेका सामान सहित ६ जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Jan 17 | 09:25 pm 1929

काठमाडौं, माघ ३ : काठमाडौं महानगरपालिका–३१ शान्तिनगरस्थित सुकुम्बासी टोलबाट चोरी गरेका विभिन्न सामान सहित ६ जनालाई प्रहरीले पक्राउ गरेका छन् ।

पक्राउ पर्नेहरुमा काठमाडौं शान्तिनगरस्थित सुकुम्बासी टोल बस्ने नुवाकोट घर भएका १८ वर्षीय शशि तामाङ, सर्लाही करथवा घर भएका १८ वर्षीय सरोज मगर, सोही सुकुम्बासी टोल बस्ने २३ वर्षीय सुमन कलवार, काठमाडौं जोरपाटी बस्ने १८ वर्षीय अजय मगर, ललितपुर ईमाडोल बस्ने रामेछाप घर भएका २५ वर्षीय भानु मगर र काठमाडौं गैरीगाउँ बस्ने सर्लाही घर भएका ४ वर्षीय सुमन माझी रहेका छन् ।

महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले उक्त सुकुम्बासी टोलमा जाँच गर्नेक्रममा उनीहरुलाई नियन्त्रणमा लिई कोठा खानतलासी गर्दा चोरी गरेका सुनको मंगलसुत्र १.५ तोला, ल्यापटप २ थान, विभिन्न कम्पनीको मोबाईल १७ थान र नगद २ हजार ६ सय रूपैया फेला पारी पक्राउ गरेको हो । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.