फेरि थपियो नेविसंघ कार्यसमितिको म्याद

| 2019 Jan 16 | 07:00 pm 2059

काठमाडौं, माघ २ :  नेपाली कांग्रेसले भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय कार्यसमितिको म्याद फेरि थप गरेको छ। विधानअनुसार बुधबार राति १२ बजेपछि नेविसंघको केन्द्रीय समिति भंग हुँदै थियो।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माकाअनुसार हालैको कार्यसमितिलाई निरन्तरता दिने निर्णय भएको हो। प्रवक्ता शर्माले यहि माघ १० गते बस्ने पार्टीको केन्द्रीय समितिको बैठकले निर्णय नगर्दासम्म कायमै रहने बताए।

यसअघि पटक–पटक म्याद थप भएको भए पनि वर्तमान नेतृत्वले महाधिवेशन गराउन नसकेको भन्दै नेविसंघभित्र विवाद छ। नेतृत्वले महाधिवेशन सम्पन्न गराउन नसकेको भन्दै तीन दर्जनभन्दा नेविसंघका केन्द्रीय सदस्यले राजीनामा दिइसकेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.