बानेश्वर प्रहरीको मदिराविरुद्धको अप्रेसन

रिपोर्ट नेपाल | 2019 Jan 12 | 07:05 pm 1904

काठमाडौं, पुस २८: बानेश्वर प्रहरी वृत्तले मदिरा विरूद्धको अप्रेसन सुरु गरेको छ। मदिराको सेवनले मानव स्वास्थ्यमा असर पार्नुका साथै सामाजिक विकृति बढ्ने भएकोले मदिरा विरूद्धको अभियान सुरु गरेको बानेश्वर प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेले बताए।

उनका अनुसार शनिबारको अप्रेसनमा करिब नौ हजार लिटर मदिरा बरामद गरी नष्ट गरिएको छ। डिएसपी काफ्ले नेतृत्वको प्रहरी टोलीसहित, स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकार मञ्चका प्रतिनिधि, बुद्धिजीवी र समाजसेवीको सक्रियतामा उक्त मदिरा नस्ट गरिएको हो।

कागेश्वरी -७ सुकुम्बासी वस्तीमा अवैध घरेलु मदिरा विक्रिवितरण गरेको सुचनाका आधारमा अप्रेशन थालेको डिएसपी काफ्लेले बताए। यसअघि बानेश्वर प्रहरीकै नेतृत्वमा करिब आठ हजार लिटर मदिरा नस्ट गरिएको थियो।

समुदाय-प्रहरी साझेदारी अभियानले प्रहरीलााई शान्ति सुव्यवस्था कायम गर्न सहज भएको उनले बताए। अप्रेसनमा उपभोक्ता अधिकार मञ्चका अध्यक्ष रन्जन खनाल र वडा नम्बर ८ का सदस्य अष्टलाल श्रेष्ठको समेत उपस्थिति रहेको डिएसपी काफ्लेले जानकारी दिए।

अधिकार मञ्चका अध्यक्ष खनालले भने,’मदिराले मानव स्वास्थ्यमा ठूलो असर पर्ने भएकोले अभियानको रुपमा अघि बढाएका हौं। बानेश्वर प्रहरीको नेतृत्वमा यो अभियान अघि बढेको हो।

आज नष्ट गरिएको करिब नौ हजार लिटर मदिराले लाखौंको स्वास्थ्य बिग्रने र समाजमा कलहको स्थिति सिर्जना हुनसक्थ्यो। बानेश्वर प्रहरीले यो सर्हानीय काम गरेको छ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.