‘डाक्टर केसीको अनशन, माफियालाई टेन्सन’

| 2019 Jan 12 | 02:43 pm 1652

काठमाडौं, पुस २८ : मेडिकल शिक्षामा सुधारको माग राखेर १६ औं पटक अनशन बसेका डाक्टर गोविन्द केसीको माग पूरा गर्न माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।

‘माफियाको मिसन सिटामोलमा कमिसन, ३ करोड नेपालीलाई कहिलेसम्म ढाँटिरहेने?, डाक्टर केसीको अनशन माफियालाई टेन्सन, झुरतन्त्र कहिलेसम्म माफिया छन् जहिलेसम्म’ जस्ता नारा लगाएर शनिबार दिउँसो प्रदर्शन गरिएको हो।

सोलिडारिटी फर डाक्टर केसी एलाइन्सको अगुवाइमा भएको प्रदर्शनमा ‘ओली सरकारको मन्त्र नागरिकलाई झुरतन्त्र’, ‘एक, दुई, तीन, चार हामी मान्ने छैनौं हार, डाक्टर केसी एक्ला छैनौं हामी तिम्रो साथ छौं, सम्झौता तोड्न पाइँदैन माफियामुखी ऐन चाहिँदैन’ लगायतका नाराहरु लगाइएको छ।

डाक्टर केसीको माग पूरा नभएसम्म हार नमान्ने उनीहरूले बताएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.