प्रतिपक्षको भूमिकाप्रति प्रश्न गर्नुपर्ने आवश्यकता छैन : नेता सिंह

रिपोर्ट नेपाल | 2019 Jan 11 | 07:00 pm 1853

भीमदत्तनगर, पुस २७ :  नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले प्रतिपक्षी दलको भूमिकामाथि प्रश्न गर्नुपर्ने आवश्यकता नरहेको बताएका छन् ।

नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले आज भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिंहले प्रतिपक्षी दल काङ्ग्रेसले संसद् र राष्ट्रिय राजनीतिमा राष्ट्रिय मुद्दामा प्रभावकारी रुपमा भूमिका निर्वाह गरिरहेको बताए ।

सरकार जनताको जीउधन सुरक्षामा असफल भएको जिकिर गर्दै नेता सिंहले निर्मला पन्त हत्या प्रकरणमा समेत सरकार गम्भीर नबनेको आरोप लगाए । “निर्मला प्रकरणमा सरकारले मन लगाएर अनुसन्धान गरेन”, उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.