मगर समुदायले टुँडिखेलमा दुई दिनसम्म ‘माघे सकराती’ मनाउने

रिपोर्ट नेपाल | 2019 Jan 10 | 06:55 pm 1321

काठमाडौं, २६ पुस :  मगर समुदायको प्रमुख राष्ट्रिय सांस्कृतिक चाड “माघे सकराती” यसवर्ष मगर समुदायले भव्य रुपमा मनाउने भएका छन्।

नेपाल मगर संघ केन्द्रीय समितिले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो प्रमुख पर्वका अवसरमा पुस ३० गते र माघ १ गतेका दिन दुई दिन टुंडिखेलमा माघे सकराती भव्य रुपमा मनाउने तयारी भइरहेको जानकारी दिएको छ। माघे सकराती मगर समुदायको नयाँ वर्षको शुरुवात पनि हो।

यसै सन्दर्भमा “माघेसकराती राष्ट्रिय चाड मनाउदै अघी बर्ढौ। मगरात परिचान र अधिकार प्राप्तिका लागि लडौं” भन्ने मूल नारा सहित नेपाल मगर संघ केन्द्रीय समितिको मुख्य आयोजना, नेपाल मगर संघ प्रदेश नः३ समितिको मुख्य व्यवस्थापन र काठमाडौं उपत्यकामा क्रियाशिल संघ सस्थाहरु (भातृसस्थाहरु, जिल्ला समन्वय समितिहरु र आबद्ध सस्थाहरु)को सहआयोजनामा यहि मिति २०७५ पौष ३० गते र माघ १ गते काठमाडौको टुँडिखेलमा माघे सकराती चाड मनाउने पत्रकार सम्मेलनमा जानकारी दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.