स्वास्थ्य मन्त्रालयमा दिनहुँ आन्दोलन

रिपोर्ट नेपाल | 2019 Jan 10 | 04:25 pm 2306

काठमाडाै‌, पुस २६ : गलत नै भए पनि आफ्ना माग पूरा गराउने गतिलो माध्यम बनेको छ आन्दोलन । आन्दोलनले नागरिकको जीवनमा प्रत्यक्ष असर परे पनि आन्दोलनको स्वरूप भने परिवर्तन हुने गरेको छैन । पछिल्लो समय नेपालको स्वास्थ्य क्षेत्र पनि दिनहुँ आन्दोलित बन्दै आएको छ । केही दिनयता स्वास्थ्यकर्मीले स्वास्थ्य मन्त्रालय नघेरेको दिन नै छैन ।

सरकारी अस्पतालमा स्रोत साधन र औजार उपकरणको कमी, न्यून दरबन्दी तथा न्यून तलब सुविधा, न्याम्समा उपकुलपति नियुक्ति, वीर अस्पतालमा पदाधिकारी नियुक्तिको विरोध, मन्त्रालयमा फरक समूहको सचिव नियुिक्त तथा विभेदकारी कर्मचारी समायोजनलगायतका विषयलाई स्वास्थ्यकर्मीहरूले आन्दोलनको विषय बनाउँदै आएका छन् ।

विभिन्न नाममा नेपाल चिकित्सक सङ्घ, आवसीय चिकित्सक सङ्घ, सरकारी चिकित्सक सङ्घ, नेपाल डेन्टल एसोसिएसन, नेपाल जनस्वास्थ्य विभिन्न सङ्घ संस्थाले आन्देलन गर्दै आएका छन् । हाल सरकारी चिकित्सक सङ्घको नेतृत्वमा दिनहुँ घेराउ र प्रदर्शन भइरहेको छ । सरकारी चिकित्सक सङ्घको अगुवाइमा जारी आन्दोलन पुस २३ देखि दैनिक बिहान १० देखि ११ बजे आकस्मिक बाहेकका सबै सेवा बन्द गरेर भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.