अमेरिकामा चक्कु बोकेर लखेटेको अभियोगमा एक नेपाली विद्यार्थी पक्राउ

रिपोर्ट नेपाल | 2019 Jan 09 | 02:19 pm 1898

अमेरिका, पुस २५ : अमेरिकामा चक्कु बोकेर लखेटेको अभियोगमा एक नेपाली विद्यार्थी पक्राउ परेका छन्। अल्बामा राज्यको लाइमस्टोन काउन्टीको ब्राउन्सफेरी रोड एथेन्सस्थित बी एण्ड के ग्रोसरी पसलमा काम गर्दै आएका शुसील खतिवडा पक्राउ परेका हुन्।

उनी नेपाल काठमाडौंका रहेको बताइएको छ। उनलाई स्टोरमा आएका युवा युवतीलाई चक्कु देखाएर लखेट्ने गरेको अभियोगमा पक्राउ गरिएको बताइएको छ। हाल प्रहरीथानामा रहेका खतिवडामाथि छानविन सुरु भएको छ। अमेरिकामा कुनै पनि हतियार देखाएर डर देखाउनु दण्डनिय मानिन्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.