काठमाडौं, पुस २४ : वैदेशिक रोजगार विभाग आसपास क्षेत्रमा सेवाग्राहीलाई दुःख दिने विचौलियालाई प्रहरीले पक्राउ गरेको छ ।
सेवाग्राहीले प्रहरीलाई दिएको सूचनाको आधारमा सात जनालाई पक्राउ गरिएकाे काठमाडौ प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीले जनाएका छन् ।
प्रहरीकाे अनुसार पक्राउ पर्नेमा मनुराज न्यौपाने, पुजन राई, गणेश तामाङ, विकल शाही, राजेश तामाङ भरत तामाङ र दिपु शाह रहेका छन् ।