रेशम चौधरी थुनामै रहने

| 2019 Jan 07 | 05:47 pm 1812

काठमाडौँ, पुस २३ : कैलाली हत्याकाण्डमा जोडिएका सांसद रेशम चौधरी थुनामै रहने भएका छन् । सर्वोच्च अदालतले टीकापुर घटनाका अभियुक्त चौधरीलाई रिहा गर्न अस्वीकार गरेको छ । २०७४ चैत १२ गते दिपायलको उच्च अदालतले दिएको आदेशलाई सदर गर्दै सर्वोच्चले  थुनामै राख्ने गरी  आज आदेश दिएको हो ।

अदालत दिपायलको मिति २०७४/१२/१२ को आदेश मनाशिव नै देखिएको हुँदा सो आदेशलाई पुनः परिवर्तन गरिरहन परेन,’ सर्वोच्चको आदेशमा उल्लेख छ । २०७४ फागुन १४ गते कैलाली जिल्ला अदालतले दिएको आदेश सदर गर्दै दिपायल उच्च अदालतले थुनामा राख्ने आदेश दिएको थियो ।

थुनामै रहेका सांसद रेशम चौधरी सांसदको हैसियतमा रहने वा नरहने भन्ने अन्योलका बीच सर्वोच्चले यस्तो आदेश दिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.