पोखरा, पुस २३ : पछिल्लो समय सरकार प्रती असन्तुष्टि हुदै गर्दा वाइडबडि प्रकरणले सरकारलाइ थप आलोचित बनाएको छ। नेपाल विद्यार्थि संघ (नेविसंघ) ले सरकारले भ्रष्टाचारीको संरक्षण गरेको भन्दै विरोध गरेको छ ।
नेविसंघले पोखराको पृथ्वीनारायण क्याम्पसमा भ्रष्टाचारीलाई प्रवेश निषेध भन्दै विरोध स्वरुप व्यानर टालेका छन । प्रत्येक टोलटोल र घरघरमा भ्रष्टाचार गर्नेलाइ प्रवेश गर्न रोक लगाउनु पर्ने भन्दै भ्रष्टाचार निषेध अभियानको शुरूवात गरेको नेविसंघको ठहर छ । सरकारले गरेको गतिविधिले आम सर्वसाधारणलाई नकरात्मक असर परेको बताउदै जनताले दिएको मतको कुनै कदर नभएको विधार्थी नेता गुरुदत्त बरालको धारणा थियो । सरकारले बलत्कारीलाइ जोगायो, रेशम चौधरी जस्ता अपराधिलाइ सपथ ग्रहाण गरायो यो असह्य कुरा हो ।,
राष्ट्रलाई सामन्तवाद तर्फ उन्मुख बनाउदै आएको छू बरालले बताए । जनताले विश्वास गरेर पठाएको प्रतिनिधिले जनताको विश्वासको कदर नगरेको नेविसंघ केन्द्रिय सदस्य गोपाल गुरुङ्गले बताए । सरकारको गलत कदमले सरकारलाइ नै घातक हुने तर्क उनले गरे ।
सरकारले एकलौटी तरिकाले गल्तीहरु ढाकछोप गर्दै आइरहेको गुरुङ्गले बताए । बारम्बार सरकारले जनता माथी प्रहार गर्दै जनतालै गिज्याइरहेको उनले बताए । जनतालाइ दुस्ख दिए यस्को परिणाम घातक हुने नेविसंघको ठहर छ । ३३ किलो सुन काण्ड निर्मला हत्या काण्ड र अहिले वाइडबडी घोटला काण्डको कारण सरकार निकै आलोचित भएको छ ।