पर्यटन मन्त्री रवीन्द्रको राजीनामा !

रिपोर्ट नेपाल | 2019 Jan 07 | 07:41 am 2098

काठमाडौं, पुस २६ : वाइडबडी विमान खरीद प्रकरणमा जाेडिएका पर्ययटन मन्त्री रवीन्द्र अधिकारीले सोमबार राजीनामा दिनसक्ने जनाइएको छ। मन्त्री अधिकारीले सोमबार बिहान १० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्ने भएका छन्।

सोमबार नै लेखा समितिको बैठक तोकिएको छ । बिहान ११ बजे बस्ने बैठकले पर्यटन मन्त्रालयका सचिव कृष्ण देवकोटा र नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई निलम्बन सिफारिस गर्ने तयारी भइरहेको छ । पर्यटन मन्त्री अधिकारीको त्रुटि देखिएको बताउँदै कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिने समितिको तयारी छ ।

लेखा समितिको सिफारिस अगावै मन्त्री अधिकारीले पत्रकार सम्मेलन गरेर आफ्नो भनाइ राख्‍नेछन्। मन्त्री अधिकारीले आइतबार राति अबेरसम्म बालुवाटारमाा छलफल गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.