पोखरा, पुस २२ : बुद्ध एयरले पोखराबाटै अन्तराष्ट्रिय उडान गर्ने भएकाे छ । बुद्ध एयरले पहिलो अन्तराष्ट्रिय फ्लाईट गर्ने प्रक्रिया सुरु गरिसकेकाे अन्तराष्ट्रिय उडान गर्न लागिएको कम्पनीका बजार निर्देशक रुपेश जोशीले जानकारी दिए ।
जोशीका अनुसार कम्पनीले ६ महिनाभित्रै आर्थिक काम सकेर वैदेशिक उडानको नयाँ कम्पनी खोल्नेछ । बुद्धले नयाँ कम्पनीको नाम बुद्ध एयर इन्टरनेशनल कम्पनी प्राली राख्ने बताएको छ । अन्तराष्ट्रिय उडानका लागि नयाँ कम्पनी पोखरामै स्थापना हुने उनले सुनाए ।
यसका लागि आवश्यक ठूला विमान खरिदका लागि पनि तयारी सुरु भैसकेको छ । नयाँ कम्पनीमा सर्वसाधारणले पनि शेयर लगानी गर्न मिल्ने जोशीले भनाई छ । बुद्ध एयरले यसअघि नै अन्तराष्ट्रिय उडानको लाइसेन्स (अनुमतिपत्र) लिइसकेको छ ।
दुई वर्षभित्र निर्माण सम्पन्न हुने गरी पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलकाे निर्माण भइरहेकाे छ ।