बर्दिया, पुस २२ बढैयाताल गाउँपालिका–२ फुटाहबाट भन्सार छली ल्याएको करिब १ लाख ३५ हजार रुपैयाँ बराबरको फेन्सी सामान आज आइतबार बिहान प्रहरीले बरामद गरेको छ ।
भारतबाट भन्सार छली २ वटा साईकलमा ल्याइरहेको अवस्थामा प्रहरीलाई देखि केही व्यक्तिहरु सामान र साईकल छोडी भागे पछि प्रहरीले उक्त फेन्सी सामानहरु बरामद गरेको हो ।
फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।