‘कम्युनिस्टहरु अपराधीका मालिक भए’

| 2019 Jan 06 | 08:44 am 2095

काठमाडौं, पुस २२ : नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले कम्युनिस्टहरु अपराधीका मालिको भएको आरोप लगाएका छन्। उनले आइतबार सामाजिक सञ्‍जाल फेसबुकमा स्टाटस पोस्ट गर्दै लेखेका छन्, ‘कम्युनिष्ट नेताहरु त भ्रष्ट र अपराधिका मालिक जस्ता देखिन थाले।’

पछिल्लो समय राजनीतिक इमान्दारिता र नैतिकता खस्कदै गएकोप्रति चिन्ता व्यक्त गर्दै नेताहरु देश , जनता र समाजप्रति इमान्दार नभएको र जनताको मतको पनि उपहास गरेको बताएका छन्।

उनले प्र‍श्‍न गरे, ‘ जनताको आवश्यक्ता र क्षमतालाई आँकलन नगरी जनतालाई ट्याक्सको बन्धनमा बाँधेर आफ्नो सुविधा लिन गौरव ठान्‍ने? हिन्दु , बौद्ध , किँरात र इस्लाम धर्म र संस्कृतिका विरोधी जस्ता देखिने ? विखण्डन वादी शक्तिसँग लहसिदै जाने ?’

उनले यदी कम्युनिष्ट पार्टीका कार्यकर्ताले पार्टी र सरकारलाई हस्तक्षेप गरेनन् र प्रतिपक्षले जनताको पक्षमा पर्खाल भएर उभिन सकेन भने मुलुक संकटमा पर्ने उनले बताएका छन्।

‘वर्तमान राजनीतिक परिवेशको विश्लेषण गर्दा यथास्थितिमा रमाउने हो भने हाम्रा सिमाका पिलर मात्र होइन सिहदरबारको कुर्सीमा आज्ञाकारी मात्र बिराजमान न नहोलान भन्न सकिन्‍न, जय मेरो देश,’ उनले लेखेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.