हत्या आरोपमा एक पक्राउ

रिपोर्ट नेपाल | 2019 Jan 05 | 01:04 pm 2360

राजविराज,  पुस २१ : सप्तरी प्रहरीले पर्शुराम मिश्र हत्या आरोपमा एक जना व्यक्तिलाई पक्राउ गरेको छ ।

तिलाठी कोइलाडी गाउँपालिका–२ बस्ने ४० वर्षीय शैलेन्द्र मुखियालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए। तिलाठी कोइलाडी–१ बस्ने २७ वर्षीय पर्शुराम मिश्रको तेलिया पोखरी नजिक करीब दुई हप्ता अगाडि कुटपिटबाट मृत्यु भएको थियो ।

सो घटनाका सम्बन्धमा फरार रहेका प्रतिवादी मुखियालाई खोजतलासका क्रममा सखडाबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रिमालले बताए

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.