भाषासेवी नातिबज्रको निधन

रिपोर्ट नेपाल | 2019 Jan 03 | 10:51 am 1434

काठमाडौं, पुस १९ : नेपाल भाषाका कवि तथा भाषासेवी नातिबज्र बज्राचार्यको ८१ वर्षको उमेरमा बुधबार राति निधन भएको छ ।

साहित्य साधनाका साथसाथै बज्राचार्यले भोटाहिटी, दगुबहालमा सफू धुकू नामको पसल खोलेर नेपाल भाषाका पुस्तकहरु बिक्री गर्थे।

उनका ‘सुति लः’, ‘जीवनया दुवाःतय्’ लगायतका कविता सङ्ग्रह र केही गीति एल्बम प्रकाशित छन्। उनका श्रीमती, एक छोरा र एक छोरी छन्।
उनको आजै शोभा भगवतीस्थित कर्णद्वीपमा अन्त्येष्टि गरिँदैछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.