काठमाडौं, पुस १७ : राष्ट्रिय वाणिज्य बैंकले मिस नेपाल श्रृंखला खतिवडालाई ब्राण्ड एम्बास्डर नियुक्त गरेको छ ।
बैंकका नायव महाप्रवन्धक एवं सूचना अधिकारी टेकराज जोशीका अनुसार सिम नेपाल २०१८ खतिवडालाई ब्राण्ड एम्बास्डर नियुक्तिको औपचारिक घोषणा बुधवार पत्रकार सम्मेलनमार्फत गरिने छ । बैंकले भोलि दिउँसो २ः३० बजे पत्रकार सम्मेलन गर्ने भएको छ ।
मिस वर्ल्ड मा नेपालको प्रतिनिधित्व गरेकी श्रृंखला टप ५ बाट बाहिरिएकी थिइन् । चलचित्र क्षेत्रबाट अफर आए पनि त्यसलाई अस्वीकार गरेकी खतिवडा सामाजिक क्षेत्रमा रुची रहेको बनाउँछिन् ।