प्रधानन्यायाधीशमा जबरा सर्वसम्मत रुपमा अनुमोदन

| 2019 Jan 01 | 12:03 pm 2217

काठमाडौं, पुस १७ : आज बसेकाे स‌ंदिय सुनुवाई समितिको बैठकले  प्रधानन्यायाधीशमा सर्वसम्मत रूपमा चाेलेन्द्रशमशेर जवराको नाम अनुमाेदन  गरेकाे छ।

सुनुवाई समितिले प्रधानन्यायाधीसमा प्रस्तावित राणाको नाम अनुमोदन नगरे बरिष्ठ न्यायाधीशका रुपमा दीपकराज जोशी कायम मुकायम प्रधान न्यायाधीश हुने थिए।

प्रधान न्यायाधीश ओमप्रकाश मिश्रले मंगलबार उमेरका कारण अवकास पाउँदैछन्। प्रधान न्यायाधीशको ६५ वर्ष पुगेपछि अवकास पाउने व्यवस्था रहेको छ। सर्वोच्चका न्यायाधीशको रुपमा राणाभन्दा जोशी वरिष्ठ न्यायाधीश हुन्। जोशीको योग्यताको विषय उठाउदै संसदीय समितिले नाम अस्वीकृत गरेको थियो।

आइतबार (१५ पुष) देखि जारी प्रस्तावित प्रधानन्यायाधीश राणाको बारेमा संसदीय सुनुवाई जारी थियाे। संसदका कर्मचारीको आन्दोलनले आइतबार चार बजेपछि ससदीय सुनुवाई स्थगित भएको थियो।

समितिले राणाको सुनुवाई सोमबार गर्न चाहेको थियो। तर नेपाली कांग्रेसका सांसदहरुले राष्ट्रिय मेलमिलाप दिवस कार्यक्रम भएकाले उपस्थित हुन असमर्थ हुने जनाएका कारणले आज मात्र अनुमोदन भएकाे हो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.