राष्ट्रपतिद्वारा इजरायलको राजदूतमा डा. शाक्य नियुक्त

| 2018 Dec 31 | 06:55 pm 1569

काठमाडौं, पुस १६ :  इजरायलका लागि नेपाली राजदूतमा डा. अन्जान शाक्य नियुक्त भएकी छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ को उपधारा १ अनुसार शाक्यलाई सोमबार राजदूत नियुक्त गरेकी हुन्।

मन्त्रिपरिषद्को सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि शाक्यलाई राष्ट्रपति भण्डारीले राजदूत नियुक्ति गरेकी हुन्।

को हुन् शाक्य ?

‘यो मन्दिर, यो मस्जिद, यो चैत्य, यो गुम्बा
मलाई छ प्यारो साधै आफू भन्दा’

बोलको चर्चित गीतकी गायिका हुन् शाक्य । साथै प्रदेश ३ मा काठमाडौं क्षेत्र नम्बर ९ बाट (तत्कालीन एमालेबाट निर्वाचित) नेकपाका सांसद अजयक्रान्ति शाक्यका पत्नी पनि हुन् । तर, त्यही कारण मात्र उनी इजरायलका लागि राजदूत सिफारिस भएकी भने होइनन् ।

शाक्य संखुवासभाकी हुन् । नेपाल टेलिभिजनकी पूर्व समाचार प्रस्तोता समेत हुन् । व्यवस्थापन विषयमा विद्यावारिधी गरेकी शाक्यले पद्मकन्या कलेजमा २०५२ करीब एक दशक प्राध्यापन गरेकी थिइन् । साथै अन्तर्राष्ट्रिय सरोकार केन्द्रको अध्यक्ष, नेपाल ओमेन च्याम्वरको अध्यक्ष लगायतको पदमा रहेकी काम गरेको अनुभव छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.