‘सिम्बा’ ले पहिलो दिनमै उठायो २१ करोड भारु

रिपोर्ट नेपाल | 2018 Dec 31 | 08:17 am 2293

काठमाडौं, पुस १६ : शुक्रबार रिलिज भएको बलिउड चलचित्र सिम्बाले पहिलो दिनमा राम्रो व्यापार गरेको छ । रोहित सेट्टीको निर्देशन र रणविर सिंहको अभिनय रहेको फिल्मले पहिलो दिनमा २१ करोड भारु कमाएको छ ।

रिलिजको पहिलो दिनमा फिल्मले गरेको व्यापार राम्रै मानिएको छ।

रणविरको यो वर्षपद्मावत पनि रिलिज भएको थियो। पद्ममावत सन् २०१८ को बलिउडको ब्लक ब्लस्टर फिल्म हो। रोहित सेट्टिले गत वर्ष ‘गोलमान एगेन’ निर्देशन गरेका थिए।

फिल्ममा रणविर सिंह एसीपीको भूमिकामा छन्। रणविरका अलवा फिल्ममा सारा अली खान,अजय देवगन,सोनु सुद लगायतको अभिनय रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.