कर्मचारीको आन्दोलनका कारण प्रस्तावित प्रधानन्यायाधीशकाे सुनुवाइ समितिको बैठक स्थगित

| 2018 Dec 30 | 05:08 pm 1743

काठमाडौँ, पुस १५ :  सङ्घीय सांसदका कर्मचारीहरूको आन्दोलनका कारण प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको सुनुवाइ समितिको बैठक स्थगित भएको छ ।

संसदीय सुनुवाइ विशेष समितिमा न्यायाधीश जबरालाई दिउँसो २ बजे बोलाइएको थियो । सांसदले प्रश्न गर्ने क्रम चलिरहँदा ४ बजेपछि कर्मचारीले काम गर्न नसक्ने चेतावनी दिएपछि सुनुवाइ नै प्रभावित बनेको हो ।

सुनुवाइ सोमबार बिहान ११ बजे गर्ने तयारी भए पनि नेपाली काँग्रेसका सांसदहरूले मेलमिलाप दिवसका कारण आफूहरू आउन नसक्ने बताएपछि मङ्गलवार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।

विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले कर्मचारी आन्दोलनका कारण बैठकलाई अगाडि बढ्न नसक्ने जानकारी दिए ।

बैठकको सुरुमा जबराले १५ बुँदे आफ्नो कार्ययोजना पेस गरेका थिए । त्यसलगतै सांसदहरूले प्रश्नहरू राख्ने क्रम सुरु भयो । अपराहृनको ४ बज्नै लाग्दा सभापति लक्ष्मणलाल कर्णले अब तीन मिनेट मात्र बाँकी छ भएको सूचना दिए, जतिबेला बैठकको सञ्चार कक्षमा जम्मा भएका कर्मचारीहरू हेरिरहेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.