काठमाडौँ, पुस १४ : जिल्ला अदालत काठमाडौंको हिरासतबाट हत्कडीसहित फरार भएका अभियुक्त शुक्रबार सिन्धुलीमा पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले सिन्धुपाल्चोकका लालकाजी तामाङलाई सिन्धुलीको एक गाउँमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो । उनलाई शुक्रबार नै काठमाडौंतर्फ ल्याइएको परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।