काठमाडौँ, पुस १३ : इलाका प्रहरी कार्यालय कोहलपुरले आज साढे १२ बजे ९ ग्राम ब्राउन सुगर सहित दुईलाई पक्राउ गरेको छ ।
कोहलपुर नगरपालिका–११ स्थित निर्माणाधिन अवस्थामा रहेको बसपार्कमा लागु औषध ब्राउन सुगरको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको होे ।
पक्राउ पर्नेमा नेपालगञ्ज उप–महानगरपालिका–७ एमपी स्कूल टोलमा बस्ने १९ वर्षिय साहिद खान र १८ वर्षिय सद्दाब खान रहेका छन् ।