अवैध रूपमा संचालन मदिरा भट्टि नष्ट

रिपोर्ट नेपाल | 2018 Dec 28 | 04:24 pm 2687

बारा, पुस १३ : अखाद्य वस्तुको मिसावटबाट बनाइएको अवैध मदिराका साथै मदिरा बनाउने भट्टी प्रहरीले नष्ट गरेको छ ।

प्रहरी निरीक्षक रघु सिंह बिष्टको कमाण्डमा खटिएको प्रहरी टोली, ईलाका प्रहरी कार्यालय प्रसौनी र प्रहरी चौकी गंजभवानीपुर बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला बारा प्रसौनी गाउँपालिका वडा नम्बर १, ४ र महागढीमाई नगरपालिका वडा नम्बर–३ मा अवैध रुपमा संचालन गरिएको भट्टी ११ वटा, १५ हजार लिटर कच्चा पदार्थ र २ सय लिटर तयारी मदिरा नष्ट गरिएको प्रहरीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.