झापा, पुस १३ : मेचीनगर–६ स्थित साठी बिघा भन्ने ठाउँमा आगलागी हुँदा दर्जन घर जलेका छन् । राति करिब ८ बजेदेखि लागेको आगो अहिलेसम्म निभाउन सकेको छैन ।
ग्यास सिलिन्डर पड्किँदा आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन्। आगो नियन्त्रणका लागि मेची नगरपालिकाको दमकलसहित स्थानीय र सुरक्षाकर्मी लागीपरेका छन्।
अगालागीबाट मानवीय क्षति भने भएको छैन। एक मात्र दमकल भएकाले आगो निभाउन कठिनाई भएको प्रहरीले जनाएको छ।उक्त क्षेत्र काकडभिट्टा बजारकोबधशालाक्षेत्र पर्छ। फुसका घरहरु भएकाले आगो छिट्टो फैलिएको बताइएको छ।