काठमाडौं, पुस ११ : जिल्ला अदालत, काठमाडौंको परिसरबाट हत्कडीसहित एक अभियुक्त फरार भएका छन् । सिन्धुपाल्चोकका लालकाजी तामाङ जिल्ला अदालत, काठमाडौंबाट फरार भएका हुन् ।
तामाङलाई अदालतमा बुझाएलगत्तै उनी पुनः फरार भएकाे प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीले बताए । फरार भए लगत्तै उनकाे उनको खोजी भइरहेको समेत डीएसपी बोगटीले बताए ।