काठमाडौं, पुस ११ : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्मला हत्या र बलात्कारको घटनाले सरकारको कार्यक्षमातामा प्रश्न उठेकाे बताएका छन् । उनले संसदको हिउँदे अधिवेशनलाई बुधबार सम्बोधन गर्दै निर्मला हत्या प्रकरणले सरकारको कार्यक्षमातामा प्रश्न उठेकाे बताएका हुन् ।
अधिवेशनलाईसम्बोधन गर्दै पछिल्लो समयमा सामाजिक सुरक्षाका घटनाहरु भएकोमा आफुलाई चिन्तित तुल्याएको बताएका छन् । निर्मला हत्या प्रकरणमा सरकार कहिँ न कहिँ कमजोरी रहेको समेत उनले बताए ।
‘निर्मला पन्त प्रकरणले हामीलाई चिन्ता बढायो । यसमा सरकारको कार्यक्षमातामा प्रश्न उठेकै हो । कहि न कहि सरकारको लुप्स भयो । पार्टीमा पनि यसबारे छलफल हुन्थ्यो, हामी गथ्र्यौ’ प्रचण्डले भने , ‘अव यसको अनुसन्धान निष्कर्षमा पुर्याउने जिम्मेवारी सत्ता र प्रतिपक्षको साझा दायित्व बनेको छ । अपराधिलाई कारवाही गर्नु सवैको दायित्व हो ।’
तर प्रचण्डले सरकार धेरै घटनाहरुमा दोषिलाई कारवाही गर्न सफल भएको पनि नविर्सन प्रचण्डले आग्रह गरे ।