महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरद्वारा जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम सञ्चालन

रिपोर्ट नेपाल | 2018 Dec 26 | 03:03 pm 2579

काठमाडौं, पुस ११ : महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरले ‘समुदाय– प्रहरी साझेदारी’ अन्तर्गत ‘ जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । बुधबार  प्रहरी वृत्त नयाँ वानेश्वरले वानेश्वर थापा गाउँ स्थित अर्पण पार्टी प्यालेसमा प्रहरी विद्यालय सम्पर्क समितिका पदाधिकारीहरूसँग प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम गरेको हो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायव महानिरीक्षक शैलेस थापा क्षेत्रीले समाजमा शान्ति सुरक्षा मजबुत बनाउन नेपाल प्रहरी पत्पर रहेको बताए । समाजमा शान्ति सुरक्षा मजबुत बनाउनका लागि प्रहरीले कुनै पनि कसुर बाँकी नराख्ने समेत उनले बताए ।

समाजमा भएकाे अपराधलाई न्यूनिकराण गर्नका लागि प्रहरी सधैँ सचेत रहने पनि बताए । कार्यक्रम कार्यान्वयन गर्न केन्द्रीयस्तरदेखि गाउँ तहसम्मै साझेदारी संरचना निर्माण गरिने गरी प्रहरीले काम गरिरहे उनले बताए ।

विकास र सुरक्षाको अन्तरनिर्भरता, विद्यमान परिस्थिति र भावी कार्यदिशालाई सम्बोधन गर्दै अपराध रोकथाम गरी समाजमा शान्ति, सुरक्षा र अमनचैनका लागि ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम फलदायी हुने  प्रहरीले विश्वास लिएकाे छ ।

‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँग साझेदारी गरी समाजमा हुने अपराध न्यूनीकरण गर्ने लक्ष्य राखेको प्रहरीले सबै क्षेत्रमा समिति निर्माण गर्ने गरी अगाडि बढेको उनकाे भनाइ छ।

प्रहरी नायव महानिरीक्षक शैलेस थापा क्षेत्रीको प्रमुख आतिथ्य र गीता खनालको अध्यक्षतामा  उक्त अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.