प्रमाणपत्र प्रतिलिपीको मुल्य तीन हजार

रिपोर्ट नेपाल | 2018 Dec 24 | 09:42 pm 3310

  • तिलाचन पाण्डे

गुल्मी, पुस ९ :  जिल्लाको मुसीकोट नगरपालिका वडा नम्बर २ मा रहेको खस्थोक माध्यमिक विद्यालयमा कक्षा ८ को प्रमाणपत्रको प्रतिलिपी लिदाँ तीन हजार रुपैयाँ तिर्नुपरेको सोही विद्यालयकी छात्रा ईश्मा गाउँपालिका वडा नम्बर ४ का पुर्णिमा नेपालीका बुबा दान बहादुरले गुनासो व्यक्त गरेका छन् ।

नेपालीका अनुसार पहिले प्रमाणपत्र लिदाँ तीन हजार दिएर लिएको तर विविध कारणले गर्दा प्रतिलिपी निकाल्दा पनि पुन तीन हजार तिर्नुपरेको बताए । उनले १ बर्ष पहिले छोरीको प्रमाणपत्र निकाली बाग्लुङ कुरियर मार्फत पठाउँदा हराएकाले प्रतिलिपि निकाल्नु पर्ने भएको बताए । प्रमाणपत्र हराएकै कारण एक वर्ष खेर गएको र कक्षा नौ को रजिस्टेसन फर्म नै भर्न नपाएको नेपालीले दुःख व्याक्त गरे ।पहिले तीन हजार तिरेर प्रमाणपत्र निकालियो अहिले फेरी प्रतिलिपि निकाल्दा पनि तीन हजार दोहोरो मर्कामा परेको नेपालीको भनाई छ ।

खस्थोक माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण सुर्यबंशीका अनुसार विद्यालय व्यवस्थापन समितिले गरेको निर्णयका आधारमा लिईएको बताए । विद्यार्थी र अभिभावकको लापरबाहीका कारण यस्तो समस्या आएको उनले दाबी गरे । व्यवस्थापन समितिको निर्णय अनुसार कक्षा ५ सम्म्को प्रमाणपत्र निकाल्दा दुई हजार र ६ देखी ८ सम्मकोलाई तीन हजार निर्णय भएको बताउदै पुर्णिमा  नेपालीको प्रमाण पत्र निकाल्दा पहिले तीन हजार र प्रतिलिपि लिदाँ तीन हजार गरि छ हजार लिएको स्विकार गरेका छन् ।

यता जिल्ला शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख थानेश्वर पाण्डेले यसरी प्रतिलिपि निकाल्दा पनि तीन हजार रुपैया बढि भएको बताए । यसमा समन्वयको कुनै हात नहुने भन्दै घिमिरेले विद्यालय व्यवस्थापन समितिले निर्णय गर्ने गर्दछन् । विद्यालयमा आर्थिक समस्या भएर पनि यस्तो निर्णय गरिएको हुन सक्छ घिमिरेको भनाई छ ।

मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले यसरी प्रतिलिपि लिदाँ समेत विद्यालयले धेरै रकम लिई अति नै गरेको भन्दै अबिलम्ब अनुसन्धान गरिने बताए । सापकोटाका अनुसार सक्कलै रसिद सहित निवेदन लेखी नगरपालिकामा उजुरी दर्ता गराउन आग्रह गर्दै विद्यालयलाई स्पस्टीकरण सोध्ने र आवश्यक परे कारबाही नै गर्ने दाबी गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.