काठमाडौं, पुस ९ : नेपाली कांग्रेसले पदाधिकारी टुंगो लगाएसँगै आइतबारको महासमिति बैठकबाट विधान टुंगो लगाएको छ। सोही विधान बमोजिम अब नेपाली कांग्रेसको केन्द्रीय समितिमा १६७ जना रहने छन्।
जसमा १३४ जना निर्वाचित हुनेछन् भने बाँकी ३३ जना मनोनित हुनेछन्। पदाधिकारी सबै निर्वाचित हुनेपर्ने प्रावधान नेपाली कांग्रेसले गरेको छ। संविधान अनुसार हरेक तहमा ३३% महिला र सबै सामाजिक समुदायलाई समानुपातिक समावेशी वितरण सहितको अग्रगामी विधान आएकोले अब कांग्रेसलाई यस विधानले थप उर्जा , उत्साह र आक्रषण बढाउने विश्वास कांग्रेस जनले गरेका छन्।
कांग्रेसको केन्द्रीय समितिको संरचना यसप्रकार हुनेछ।
