अबदेखि सवरी चालकले मोबाइल चलाउन नपाउने

| 2018 Dec 23 | 05:20 pm 2261

दाङ, पुस ८ : दुर्घटना न्यूनीकरण गर्न प्रदेश ५ प्रहरीले सवारी चलाउँदा चालकहरूलाई मोवाइल प्रयोग गर्न रोक लगाएको छ। एकपछि अर्को ठूला दुर्घटनाहरू भइरहेको बेला प्रदेश प्रहरी कार्यालयले आफ्नो मातहतमा रहेका सबै जिल्लामा जुनसुकै सवारी साधन चलाउदा मोबाइलमा कुराकानी गर्न रोक लगाउने निर्णय गरेको प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक पिताम्बर अधिकारीले बताए।

चालकले मोबाइलमा कुरा गर्दा अधिकाश ठूला घटनाहरू घटेका छन अब मोटरसाइकलदेखि अन्य कुनै पनि प्रकारका सवारी साधन चलाउदा मोवाइल फोनको प्रयोग गरेको पाइएमा अन द स्पट कारवाही गरिने समेत बताए। ‘यसमा यात्रु समेत सचेत रहनु पर्छ’ उनको भनाई थियो।

प्रहरीले सवारी तथा यातायात ब्यवस्था ऐन २०४९ को दोस्रो संशाेधन २०७३ अनुसार कारवाही अगाडि बढाइने समेत जानकारी दिएको छ। यात्रुहरू सचेत भएर यात्रा गर्दा अझ सुरक्षित हुन्छ हामीले ट्राफिक र सहचालक लाई राखेर ठाउँ ठाउँमा यात्रुलाई सचेतना र जानकारी दिन अभियान समेत सुरु गर्न लागेको उनले बताए। विशेष गरी लामो रुटहरूमा सञ्चालन हुने सवारी साधनलाई रिफ्रेस सेण्टरमा १५ मिनेट रोकेर यात्रुलाई गन्तव्यमा पुग्न यति समय लाग्छ। हामी अहिले यतिको दुरी पार गरेर आयौं।

केही समस्या आएमा तत्काल प्रहरी र गाडीधनी तथा सहचालकको नम्बरसहित सार्वजनिक गरेर गाडीहरू पठनउने अभियान सञ्चालन गर्न समेत सबै मातहतका युनिटहरूमा निर्देशन दिइसकेका छौ डिआइजी अधिकारीले भने। ‘अधिकांश दुर्घटनामा चालकको लापरवाही देखिन्छ भने अर्काे सडकको अवस्था हो’ उनले भने। साथै सवारी दुर्घटनाका अन्य कारणहरू भनेको सवारी साधनको अवस्था र टेक्निकल कुराहरू र जनचेतनाको कमीले हुने गरेको उनले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.