दाङ, पुस ८ : दाङको राम्रीमा भएको दुर्घटनाको विषयमा छानबिन गर्न प्रदेश नम्बर ५ प्रहरीले छानबिन समिति गठन गरेको छ । प्रदेश नम्बर ५ दाङका वरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर खत्रीको संयोजकत्वमा छानबिन समिति गठन भएको हो ।
छानबिन समितिका सदस्यहरूमा प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक गणेश चन्द, प्रहरी नायव उपरीक्षक पुष्प मल्ल, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाही, जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक मदनबहादुर कुँवर रहेका छन् । समितिले कहिलेसम्म प्रतिवेदन बुझाउने हो भन्ने बारेमा भने केही खुलाइएको छैन ।