प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरविरुद्ध ५ वटा उजुरी

रिपोर्ट नेपाल | 2018 Dec 23 | 02:28 pm 1500

काठमाडौं, पुस ८ :  प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध अहिलेसम्म ५ वटा उजुरी परेका छन् । संवैधानिक परिषदले गत मंसिर २७ गते जबरालाई प्रधानन्यायाधीशमा सिफारिस पछि सुरु भएको सुनुवाईमा हालसम्म ५ वटा उजुरी परेको हो ।

उजुरीमा अधिकांश विषय राणाको फैसललासँग जोडिएको छ । समितिले बुधबारसम्म उजुरी लिने बताएको छ । उजुरीको समयसीमा सकिएपछि उजुरीकर्तालाई बोलाएर अर्को आइतबार राणाको सुनुवाई गर्ने समितिले तयारी गरेको छ । संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक प्रावधान छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.