नेकपा क्रान्तिकारीका नेता मोहन वैद्य चढेको कार दुर्घटना

रिपोर्ट नेपाल | 2018 Dec 23 | 08:43 am 2247

काठमाडौं, पुस ८ : नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य चढेको कार दुर्घटनामा परेको छ ।

वैद्य सकुशल छन् भने कारमा रहेका २ कार्यकर्ता घाइते भएका छन्।

वैद्य चढेको बा ३ च ८४७० नम्बरको कार शुक्रबार राति साढे ११ बजे रौतहटको चन्द्रनिगाहपुरमा रोकिराखेको ना६ ख २८९५ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको चन्द्रनिगाहपुर ट्राफिक प्रहरी कार्यालका प्रहरी निरिक्षक विजय श्रेष्ठले बताए ।

क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य हरिकृष्ण गजुरेलले भने, ‘महासचिव लाहानमा राखिएको पार्टीको कार्यक्रममा जाँदै हुनुहुन्थ्यो। रोकिराखेको कारलाई ट्रकले ठक्‍कर दिएको हो।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.