मेरो पुस्तासँग जोडिएको राजनीती र मेरा सपना

| 2018 Dec 22 | 09:02 am 3950

मेरो बाल्यकालको कखरासँगै राजनीतिकों कखरा पनि सँग-सँगै अघि बढ्यो। म एउटा सामान्य परिवारमा जन्मे हुर्के। राम्रै सँस्कार सिके। पाप र धर्म सँगै कर्म पनि जोडिएको थियो। त्यतिबेला छोरीको जन्म भनेको खुशी न्दा पनि अत्यान्तै पीड़ादायक थियो।

तत्कालिन राज्य व्यवस्था र सामाजिक बन्धनका कारण छोरी बुहारी स्वतन्त्र रूपमा बोल्न पढ्न, हिँडडुल गर्न, राजनीती गर्न , सामाजिक संघसंस्थामा जान वा काम गर्न स्वतन्त्र थिएनन् । छोरी घरभन्दा बाहिर निस्कन काम गर्न हुँदैन, भन्‍ने संकिर्ण सोंच थियो। महिला, दलित, आदीबासी, जनजाती पछडिएका वर्ग अत्यन्तै पीडित थियो भने अर्को तिर पुरूषलाई पनि अहिलेको जस्तो स्वतन्त्रता थिएन।

अधिनायकवादको पराकाष्टकाविरूद्ध लुकिछिपि विभिन्‍न आन्दोलनहरू हुन थाले। यसै क्रममा पञ्‍चायती निरंकुश राज्य व्यवस्थाकोविरूद्ध व्यापक विरोधका आवाजहरू उठ्दै गर्दा तत्कालिन राष्ट प्रमुख श्री ५ को सरकारले जनताको ऑखामा कसिंगर हाल्न २०३६ सालमा निर्दल र बहुदलबीच जनमत संग्रहको घोषणा गर्‍यो। बहुदलको चिन्ह नीलो रङ र नीर्दलको पहेलो थियो। यस विषयमा धेरै जान्‍नेबुझ्‍ने उमेर भइसकेको थिएन। तर त्यो बेला नै नीलो रङमा भोट माग्‍न अघि सर्‍यौं। त्यही निलो रङमा भोट माग्दै गर्दा मेरो अन्तस्करणमा पनि राजनीतिको रङ भरिसके छ।

त्‍यतीबेला राजा र तत्कालिन कम्युनिस्टको मिलमतोमा बहुदललाई पारजित गरियो। विस २०४०/२०४१ सालतिर पञ्‍चायतविरुद्धकै आन्दोलनका क्रममा नेपाली कांग्रेसका मियो महामानव बीपी कोइरालाको सिद्धान्त र आदर्श अनि गिरिजाप्रसाद कोइरालासँगको पहिलो भेट तमघासमा नेपाली कॉग्रेस गुल्मीका संस्थापक नेता आदरणीय बुवा श्री हिरामणी सापकोटा ज्यू को घरमा भएको थियो।

घरानी राजनीति संस्कार र राजनीतिज्ञसँगैको उठबसले जानि नजानी गरेको राजनितिमा लागियो। नेपाली कॉग्रेस जीन्दावाद , प्रजातान्त्रिक समाजवाद भन्दै हुर्कियो। यसरी जीवनका पचासौँ वसन्तहरू पार गर्दै गर्दा हिजो मेरी आमा, काकी , भाउजु माइजुलाइ घर परिवारभित्र हुने बुहार्तन , लैंगिक हिँसा र समाजले गर्ने विभेदपुर्ण व्यवहार र हेर्ने दृष्टि देखेर कता कता मेरो बालपनको चनचले मन पोलीरहन्थ्यो। जस्लाइ शितल बनाउनका लागि उकुस मुकुस पीडाहरू बाहिर ल्याउन विभिन्‍न गीत संगित नृत्यदेखि लिएर अन्य कृयाकलापहरूमा पनि विद्रोहका आवाज़हरू नीकाल्दै जीवनका हरेक उकाली ओराली पिडा र वेदनाका दर्दहरूलाइ पनि हाँसी-हाँसी स्वीकार्दै यहाँसम्म पुगिएछ।

मैले सुरुवात गरेको राजनितीमा सुन्दर सपना देखेको थिए तर मैले अहिलेसम्म भोगेको राजनितीमा त्यो भेटाउन सकेको छैन। मैले बुझेको काँग्रेसमा महामानव वीपी कोइरालाको दूरदृष्टी, जसमा नेपाली नागरिकको उज्जवल भविष्य रचिएको थियो। सन्त नेता कृष्णप्रसाद भट्टराइको त्याग तपस्या , लौहपुरुष गणेशमा सिंहको विरता, सफल नेता गिरिजा बाबुको कमाण्डिङ र सरल नेता शुसील दा को पार्टीभित्र सिष्टमको लडाइ र राजनैतिक कुटनितिक हो।

यसैगरी महिला अधिकारका लागि, महिला सशक्तिकरण गराउदै पुरूष सरह नागरिकता प्राप्तको आन्दोलन , पुरुष सरह महिलाहरू पनि अगाडि बढ्न सक्छौ भन्दै नेपाली कांग्रेसको संगठन विस्तारका क्रममा सारथीका रूपमा आफूलाइ अग्रपंक्तिमा उभ्याउन सफल नीडर साहासी नारी दिब्या कोइराला, मंगलादेबि सिंह, इन्दिरा आचार्य, नोना कोइराला, निष्ठावान इमान्दार अदम्य क्षमता भएकी नेता शैलजा आचार्य लगायतका निस्वार्थी महिला नेतृहरूका कुरा सुन्दा नै एक प्रकारको उर्जा उत्पन्‍न हुन्थ्यो।

उनीहरुमा समग्र महिलाको हित र अधिकारका लागि आफूलाइ समर्पित गरेका थिए। तर आज प्राय धेरैजसो नेताहरू व्यक्तिगत स्वार्थमा लुप्त देखिन्छन्। नातावाद, कृपावाद, आर्शिरवाद, परिवारवाद र गणेश प्रारवृतिले राजनीति अहिले अत्यन्तै कमजोर बन्‍दैछ। जसका कारण राजनीतिमा उर्जा, उमंग र उत्साह छैन। राजनीतिमा मैले देखेको सपनाका लागि मैले गरेको संघर्षमा लिंग , वर्ग, जातजाती, सानोठुलो, धनी गरिब सबै प्रकारको वर्ग मिलाएर मानवताको सुत्रमा बाँधेर सजाउने एउटा साझा सुन्दर बँगैचा थियो।

नेपालीको गौरवशाली इतिहासका ती विर गोर्खालीको देश, हिमाल, पहाड, तराइ मिलेर बनेको देश, गौतमबुद्धको देश, हिन्दु सनातन धर्म जसले मानिसलाइ स्वतन्त्र साथै नराम्रो कर्म गर्नेलाइ कडा सजायको डर देखाएर जन्मदाता र कर्मदाता गुरूहरूको मानसम्मान, मर्यादाक्रममा सानालाई माया र ठूलालाई आदर गर्न सिकाएको थियो। हाम्रो देश स्वतन्त्र हिन्दु राष्टका रूपमा परिचित भएपनि आज कता-कता धर्मलाइ अफ़ीम भन्‍नेहरू सरकारका राष्ट्र प्रमुखहरू नै विदेशी डलरमा आफ्नो धर्म संस्कार संस्कृतिको मोलमलाइ गर्दैछन्। यस्तो विषयले नेपालीको मनमा चोट पुर्‍याएको छ।

धार्मिक स्वतन्त्रता भएको देशका हामी नेपाली कहिल्यै झुक्न र चुक्न नपरोस्। हिमालजस्तै सुन्दर, शान्त, विशाल छाती बनाइ राख्‍न सकेका थियौं। तर आज यस्को ठिक विपरित भएको छ। आज राजनीति सबैको दृष्टिमा घृणा र वितृष्णा बन्दैछ। दयामाया ममता धर्म कर्म हराएको छ। ८ महिनाको बालिकादेखि ८४ बर्षकी हजुरआमा माथि पनि कु-दृष्टी लगाएर त्यो हातमा खेलाउने बालीका र हात समाएर साहरा दिने बृद्ध आमाको शरिर माथि खेल्न नहिच्किच्याउने पापीष्ट यौनप्यासी गिद्ध सरी घुमिरहेका छन्।

कसैको कसैमाथिको विश्वास टुटेको छ। घर, परिवार, विद्‍यालय, बाटोघाटो हरेक ठाउँमा हाम्रा छोरीहरू असुरछित भएका छन्। खतरामा परेका छन्। राजनीति गर्ने सबै राजनीतिक दलहरूले महिला, दलित, जनजातीका नाममा शोषण गरेको देखियो। झुट छलकपट गर्दै छलाङ मार्ने नेताहरूमा राजनैतिक नरसंहारको होडबाजी चलिरहेको छ।

देश र नागरिकलाइ शान्ती सुरक्षा दिन नसक्ने नीरीह सरकार अमुक जस्तै बनेको छ। अपराधीहरू संरक्षण पाएर बढीरहेका छन् भने निमुखा नागरिकहरू निराश भएका छन्। देश कै विसम यस परिवेशमा मेरा सपना माथि तुसारपात भएको छ।गतिहिन राजनीतिक होडबाजीले अस्थिरतालाई मलजल भइरहेको छ। पुन एकचोटि नैतिकता इमान्दारिता र आर्थिक क्रान्तिको लडाइ गर्नुपर्ने अवस्था देखिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.