रवि बने नेपाल आइडल–२

| 2018 Dec 21 | 09:25 pm 4250

काठमाडौं, पुस ६ :  लोकप्रिय रियालिटी शो ‘नेपाल आइडल–२’ रवि वड बनेका छन्। दर्शकले अत्याधिक रुचाएको नेपाल आइडल–२ मा चार जनाबीच प्रतिस्पर्धा भएको थियो। तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै रवि फाइनलमा पुगेका हुन्।

फाइलन प्रतिस्पर्धामा पोखराका विक्रम बराल, झापाका सुमित पाठक र अस्मिता अधिकारी तथा कञ्‍चनपुरका रवि ओड थिए। शुभचिन्तकले दिएको भोटको आधारमा प्रतिस्पर्धिको मुल्याङ्कन गरिएको थियो। शुभचिन्तकले अत्यधिक भोट दिएकाले र निर्णायकको मूल्याङ्कनका आधारमा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै रवि फाइनलमा पुग्‍न सफल भएका हुन्।

फाइनल प्रतिस्पर्धाको रियालिटी शो नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकबाट गरिएको थियो। फाइलन हेर्न थुप्रै दर्शकहरु कार्यक्रमस्थल पुल्चोक पुगेका थिए। कार्यक्रममा आइडलको टप ११ सम्म पुग्‍न सफल प्रतिस्पर्धीले आ–आफ्नो प्रस्तुती दिएका थिए।

रविले नेपाल आइडल–२ को उपाधी हात पारेसँगै २० लाख नगद, एउटा होन्डा डब्लुआर–भी कार जितेका छन्। यस्तै उनले एउटा एल्बममा गीत गाउन पाउने छन्। रविले वर्ल्ड टुर अथवा ५० लाख नगदमा एउटा रोज्‍न पाउने छन् भने एउटा एल्बमको सम्झौता वा वर्ल्ड टुरमध्ये एउटा रोज्‍न पाउने छन्।

नेपाल आइडलको निर्णायकमा न्यु बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी थिए। कार्यक्रमको प्रस्तोतामा आसिफ शाह र रिमा विश्वकर्मा रहेका थिए। फाइनलमा पुगेका चारै प्रतिस्पर्धी जनवरी एकबाट जापान, अस्ट्रेलियालगायतका देशमा टुरमा जाने छन्।

नेपाल आइडलको सिजन वानमा बुद्ध लामाले उपाधि उचालेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.