मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

रिपोर्ट नेपाल | 2018 Dec 21 | 04:36 pm 1698

प्युठान, पुस ६ : मोटर साइकलको ठक्करबाट प्युठानमा एक पैदलयात्रीको मृत्यु भएको छ। प्युठानदेखि दाङ जाँदै गरेको लु ४ प ९०५७ नम्बरको मोटरसाइकलको ठक्करबाट जिल्लाको माण्डवी गाउँपालिका १ सिमलचौर बस्ने अन्दाजी वर्ष ४५ का बोमबहादुर थापाको मृत्यु भएको प्रहरीले बताएको छ।

जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा शुक्रबार उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख निर्मल बुढाथोकीले जानकारी दिए। झिमरुक गाउँपालिका तोरवाङ निवासी मोटरसाइकल चालक सन्तोष गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बाटो काट्ने क्रममा मोटरसाइकल अनियन्त्रित भई पैदल यात्री थापालाई ठक्कर दिएको प्रहरी स्रोतले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.