पूर्वप्रधानमन्त्री गिरीको विद्युतीय शवदाह गृहमा आज अन्त्यष्टी, राजकीय सम्मान अस्विकार

| 2018 Dec 19 | 11:07 am 1294

काठमाडौं, पुस ४ : मंगलबार निधन भएका पूर्वप्रधानमन्त्री डा तुलसी गिरीको आज अन्त्यष्टि गरिने भएको छ ।

पशुपतिस्थित विद्युतीय शवदाह गृहमा ३ बजे अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । त्यसअघि दुई बजेसम्म उनको शव बूढानीलकण्ठस्थित निवासमै राखिने छ ।

गिरीले आफ्नो दाहसंस्कार पशुपतिको विद्युतीय शवदाह गृहमा गर्न भनेका थिए। उनकै आग्रहअनुसार शवदाह गृहमा अन्त्यष्टि गर्न लागिएको हो ।

गिरीको ९३ वर्षको उमेरमा मंगलबार बिहान बूढानीलकण्ठस्थित निवासमा निधन भएको थियो ।

पूर्वप्रधानमन्त्री भए पनि उनलाई सलामी दिइने छैन । निधनअघि उनले सलामी नदिन र सर्वसाधारणको जस्तै गरी अन्त्येष्टि गर्न भनेका थिए । राजकीय सम्मान परिवारका सदस्यले अस्विकार गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.