काठमाडौं, पुस ३ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो सुनसहित एक जना पक्राउ परेका छन् । साेमबार विमानस्थल प्रहरीले ५ सय १२ ग्राम सुनसहित चितवनको भरतपुर महानगरपालिकाका ३२ वर्षीय अमित घिसिङलाई पक्राउ गरेको हाे ।
उनी कतार एयरवेयजको फ्याइट नं. क्यूआर ६४८ बाट काठमाडौं ओर्लिएका थिए । उनको साबाट सुनको ४ थान विस्कुट र एउटा बाला बरामद भएको थियो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।