पूर्वप्रधानमन्त्री गिरीको अन्त्येष्टिमा सलामी नदिइने

रिपोर्ट नेपाल | 2018 Dec 18 | 02:59 pm 2283

काठमाडौं, पुस ३ : पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको अन्त्येष्टिमा सरकारले सलामी अर्पण नगर्ने भएको छ । सरकारले भीआइपीको निधनमा सलामी दिने प्रचलन छ । तर, गिरी परिवारले सलामी अर्पण गर्ने सरकारको प्रस्तावलाई अस्वीकार गरिदिएको छ ।

पूर्वप्रधानमन्त्री गिरीकी धर्मपत्नी साराह गिरी अनुसार  गिरीले नै  सलमि नदिनु भनेका थिए । उनले भनिन् ‘सलामी दिनेबारे हामीलाई सोधनी भएको थियो, तर, उहाँको अन्त्येष्टि साधारणरुपमा हुनेछ ।’

डा. गिरीले मृत्युपूर्व नै आफ्नो अन्त्येष्टि साधारण किसिमले गर्नू भनेर लेखेर दिएको साराहले  बताइन् । उनले भनिन्– ‘सामान्य किसिमले गर्नु भनेर लेखेर राखिदिनुभएको थियो ।

उनले अगाडि भनिन्– ‘विश्वका अति नै महान पुरुषहरुको अन्त्येष्टि पनि साधारण किसिमले नै हुने गरेको छ ।’ पारिवारिक स्रोतका अनुसार बुधबार गिरीको अन्त्येष्टि पशुपति आर्यघाटमा रहेको विद्युतीय शवदाह गृहमा गरिनेछ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.