सिंहदरबारको दक्षिण गेटमा आगलागी

रिपोर्ट नेपाल | 2018 Dec 18 | 12:00 pm 1925

काठमाडौं, पुस ३ : सिंहदरवारको दक्षिणी गेटमा लागेको आगो नियन्‍त्रणमा आएको छ । बिहान करिब सबा ११ बजे अकस्मात विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

आगो नियन्त्रका लागि दुईवटा दमल परिचालन भएका थिए । आगो फैलन नपाएका कारण सिंहदरबार परिसर ठूलो दुर्घटनाबाट बचेको छ । समयमै दमकल आएकाले धेरै क्षति नभएको प्रहरीले जनाएको छ।

आगलागी भएको भवनमा जिल्ला अदालतका पूराना कुर्सी तथा कागजजातहरु रहेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.