काठमाडौं जेठ २५ : पूर्व युवराज पारस शाह पशुपति मृगस्थलीमा अकस्मात पुगेका छन् । बिहीबार पारस शाह छोरा हृदयेन्द्र शाह, छोरी र धिरेन्द्र शाहका छोरीहरूसहित मृगस्थलीमा पुगेका हुन् ।
आफ्ना शुभेच्छुकहरूसहित पारस मृगस्थलीमा पुगेपछि उनी र उनका छोरा हृदयेन्द्र र छोरी कृतिका समेतले मृगस्थलीमा रहेको मन्दिरमा दर्शन गरे ।
उनी योगी नरहरिनाथ स्मृति पुस्तकालय तथा संग्राहालयमा आयोजित विशेष कथा श्रवण कार्यक्रममा सरिक हुन आफ्नो परिवरसति पुगेका हुन्।
उनलाई पृथ्वीनारायण शाहको राज्य सञ्चालन नीति, दिव्य उपदेश, महेन्द्र नीति, योगी नरहरिनाथ र मौलिक शिक्षा नीति लगायतका महत्त्वपूर्ण तथ्यका बारेमा जानकारी दिइएका र चासोका साथ कथा श्रवण गर्ने गरेको परिषद्का महासचिव विश्व पोखरेलले जानकारी दिए ।