रहेनन् पूर्वप्रधानमन्त्री डा तुलसी गिरी

| 2018 Dec 18 | 08:54 am 1902

काठमाडौं, पुस ३ : पूर्वप्रधानमन्त्री डाक्टर तुलसी गिरीको निधन भएको छ । कलेजो रोगबाट थलिएका गिरीको काठमाडौको बूढानीलकण्ठमा रहेको निजी निवासमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

कलेजो रोगबाट थला परेका गिरीलाई हिजोमात्र अस्पतालबाट निजी निवास लगिएको थियो । गिरी राजाको प्रत्यक्ष शासनका बेला मन्त्रिपरिषदको उपाध्यक्ष भएका थिए। गिरीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मंगलबार निवासमै राख्‍ने तयारी छ ।

२०३६ सालमा जनमत संग्रह गर्ने तत्कालीन राजा विरेन्द्रको घोषणाप्रति असन्तुष्ट रहँदै श्रीलंकामा बस्दै आएका गिरी ०५९ सालमा ज्ञानेन्द्रले सत्ता हातमा लिँदा मन्त्रीपरिषदको उपाध्यक्षका रुपमा नेपाल फर्किएका थिए। उजका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री डा तुलसी गिरीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले केहीबरअघि ट्विट गर्दै पूर्वप्रम गिरीको निधनको खबरले आफूलाई दुःख लागेको र यस घडीमा स्व गिरीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवार र आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। पूर्वप्रम गिरीको आज बिहान उहाँकै निवास बूढानीलकण्ठमा ९३ वर्षको उमेरमा निधन भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.