टोखामा एक महिलाद्वारा आफ्नै सौताको हत्या !

रिपोर्ट नेपाल | 2018 Dec 17 | 05:42 pm 2285

काठमाडौँ, पुस  २ : गएराति टोखाको मिलन टोलमा एक महिलाले आफ्नो सौताको हत्या गरेकी छन् । काठमाडौँको टोखामा डेरा गरी बस्दै आएकी मुगुको सोरू गाउँपालिकाकी विष्णुमाया मल्लले अजिता मल्ल शाहीको हत्या गरेकी हुन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरज प्रताप सिंहका अनुसार हत्या आरोपमा विष्णुमायासहित बहिनी भगवती मल्ल, भदा गन्डिपराज मल्ल र रिता केसीलाई पक्राउ गरिसकेको छ ।

प्रहरीका अनुसार उनीहरूमाथि कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.