महासमितिले पार्टी सुधार्ने अवसर खेर नफालोस् !

रिपोर्ट नेपाल | 2018 Dec 17 | 10:10 am 6118

  • कृष्णप्रसाद सापकोटा

नेपाली कांग्रेस अहिले महासमितिमा होमिएको छ। महाधिवेशनबाहेक हरेक वर्ष पार्टीको शक्तिशाली संसद्‍को रुपमा मानिएको महासमिति बैठक बस्‍नुपर्ने विधानमा व्यवस्था भएपनि करिब ६ वर्षपछि पहिलोपटक बैठक चलिरहेको छ।

२००७ साल र २०४६ सालका आन्दोलन र त्यसले ल्याएका परिवर्तनको अगुवाइ गरेको कांग्रेसले त्यसपछिका सत्ताको पटक-पटक नेतृत्व गर्‍यो। २०६२-६३ सालको जनआन्दोलनमा पनि प्रमुख अगुवा हुँदा समेत कांग्रेस संविधानसभाको पहिलो चुनावबाट प्रतिपक्षमा सीमित बन्न पुग्यो। दोस्रो संविधानसभाबाट अघिल्लो क्षतिपूर्ति गर्‍यो। आफ्नै नेतृत्वको सरकार छँदा संविधान पनि जारी गर्न सफल भयो। तर त्यही संविधानअनुसार पहिलो पटक भएको संघीय, प्रदेश र स्थानीय तहको चुनावमा ठूलै झट्का बेहोर्नु पर्‍यो। र, अहिले तिनै तहमा कमजोर प्रतिपक्षमा खुम्चिएको छ। कांग्रेसले २०७४ को पराजयलाई इतिहासकै नराम्रो पराजय भनेर चित्रण गरिएको छ।

त्यही हारको मारबाट माथि कांग्रेस तंग्रिन सकेको छैन। चुनावी हारको समिक्षा गर्न पटक-पटक कांग्रस केन्द्रीय समिति बैठक बस्यो। छलफल, बहस भयो, प्रतिवेदन बन्यो। चुनावी हारको कारक आन्तरिक गुटबन्दी, टिकट वितरणमा त्रुटी, अर्न्तघात, कम्युनिस्ट एकिकरणलगायतका विषय मुख्य देखिए। यसमा पनि गुटबन्दीका आँखाले हेरियो र भनियो, कांग्रेस हारको मुख्य कारण सभापति शेरबहादुर देउवाले लिनुपर्छ। सभापति भएकोले चुनावी हारको मुख्य जिम्मेवारी देउवाले लिनु स्वभाविक हो तर यसमा सिंगो कांग्रेसका प्रतिनिधि नै जिम्मेवार हुनुपर्छ। यस विषयमा संस्थापन इतरका नेताहरुले सोच्‍नै सकेनन्।

मुलुकमा दुईतिहाइको सरकारले मनोमानी र अपरिपक्‍व निर्णयहरु गरेर जनतालाई भ्रमित बनाइरहेको बेला मुलुकलाई हरेक संकटमा समाधान दिने कांग्रेस गृहकलहमा रुमल्लिनु दुर्भाग्य हो। पार्टी नेतृत्वमाथि मात्रै औंला उठाएर आफू पन्छिने बाहना महासमितिलाई बनाएर फेरि पनि कुहिरोमा विलिन हुने दुष्प्रयास कुनै शिर्ष नेताले गरे त्यसभन्दा दुर्भाग्य अहिले अरु केही हुनेछैन।

मुलुक संघीय संरचनामा गइसकेको अवस्थामा मुलुककै जेठो र इतिहास रचेको पार्टी, जुन हरेक परिवर्तन साक्षीमात्र नभएर परिवर्तनका खातिर त्याग र समर्पण गरेको पार्टी अहिलेसम्म संघीय संरचना अनुसार पार्टी संरचना बनाउन सकेको छैन। यस्ता विषयमा गम्भीर बहस गर्नु धेरै ढिलो भइसक्यो। पार्टीमा अहिले देखिएका असन्तोष हेर्दा विचारभन्दा व्यक्तित्व, सिंगो संगठनभन्दा अनेक गुट हाबी हुन पुगेका छन्। ‘मनी’ र ‘मसल’ को प्रभावले मुद्दा र विचारमा ग्रहण लागेको छ। सिद्धान्तमा जोड दिनेहरू पार्टीको आत्मा संकटमा रहेको गुनासो गर्छन्। सिद्धान्तनिष्ठहरू पार्टीमा टिक्न महँगो भएको गुनासो गर्छन्। नेतृत्वमा उदाउन वा टिक्न कार्यकर्तालाई टिकाउनुपर्ने भएको छ। कार्यकर्तामुखी कार्यप्रणालीका कारण सिद्धान्त होइन सुविधा, योगदान होइन योगफल हेर्नुपर्ने भएको छ। कांग्रेस संगठन एउटा पार्टीभन्दा पनि गुट, उपगुट र झुन्डको महासंघजस्तो प्रतीत हुन्छ। सत्तामा धेरै वर्ष रहँदा सुशासन र जवाफदेहितामा खरो जाँचिन नसकेका नेताका कारण को नेता ? को बिचौलिया ? छुट्याउनसमेत कठिन पर्छ।

मुलुकमा दुईतिहाइको सरकारले मनोमानी र अपरिपक्‍व निर्णयहरु गरेर जनतालाई भ्रमित बनाइरहेको बेला मुलुकलाई हरेक संकटमा समाधान दिने कांग्रेस गृहकलहमा रुमल्लिनु दुर्भाग्य हो। पार्टी नेतृत्वमाथि मात्रै औंला उठाएर आफू पन्छिने बाहना महासमितिलाई बनाएर फेरि पनि कुहिरोमा विलिन हुने दुष्प्रयास कुनै शिर्ष नेताले गरे त्यसभन्दा दुर्भाग्य अहिले अरु केही हुनेछैन। सबै नेता र कार्यकर्ताले आफ्नो कारणले पार्टी पछाडि परेको मनन गरेर संयुक्त रूपमा जान तयार भए कांग्रेसअघि बढ्छ। नत्र त आफू र आफ्नो समूहलाई केन्द्रमा राखेर अघि बढ्न खोजे कांग्रेसलार्इ इतिहासका किताबमा खोज्‍नुपर्ने छ।

कांग्रेसले पछिल्लो समय पटक-पटक धेरै गल्ती गरेको छ। गुटबन्दीको घेरामा सिमित रहँदा कांग्रेसले विभागलार्इ पूर्णता दिन सकेन, भातृसंगठनको महाधिवेशन समयमा गर्न सकेन। विचार र राजनीतिभन्दा स्वार्थप्रेरित गुट झाँङ्गिएर भागबन्डामा केन्द्रित भयो। यस्तो बेथितिकाबीच पनि दुई तिहाइ सरकारको भने आलोचना भइरहेको छ। यस्तो बेला जनतासम्म पुगेर उनीहरूको बोलि बोल्न थाल्यो भने कांग्रेस ब्युँतिन सक्छ।

अन्य पार्टीजस्तै कांग्रेसको पछि पार्टी झुन्ड्याउन सुहाउँदैन। कांग्रेस आफैंमा पार्टी हो, जसले बहुलता र विविधताको प्रतिनिधित्व गर्छ। एक युगको नेतृत्व गर्छ र हरेक रुपान्तरणको अग्रपंक्तिमा अंकित हुन्छ। कांग्रेस एउटा विद्रोह हो, पार्टीमात्र नभएर अभियान थियो, कांग्रेस शब्द नै रोमाञ्चक थियो। त्यसैले मानिस आकर्षित हुन्थे। कांग्रेस, कांग्रेस जस्तो भए पो जनताले रोज्‍ने हो, तर कम्युनिष्ट वा अरू जस्तो भए कांग्रेसलाई किन रोज्‍ने? हुन त कांग्रेसलाई माटो भेट्टायो भने फैलिने दुबो जस्तो भनिन्छ, तर दुबो नै सुक्यो भने फैलिदैन।

कांग्रेसले पछिल्लो समय पटक-पटक धेरै गल्ती गरेको छ। गुटबन्दीको घेरामा सिमित रहँदा कांग्रेसले विभागलार्इ पूर्णता दिन सकेन, भातृसंगठनको महाधिवेशन समयमा गर्न सकेन। विचार र राजनीतिभन्दा स्वार्थप्रेरित गुट झाँङ्गिएर भागबन्डामा केन्द्रित भयो। यस्तो बेथितिकाबीच पनि दुई तिहाइ सरकारको भने आलोचना भइरहेको छ। यस्तो बेला जनतासम्म पुगेर उनीहरूको बोलि बोल्न थाल्यो भने कांग्रेस ब्युँतिन सक्छ।

यही बेला बोलाइएको महासमितिबाट आन्तरिक संगठन र सिद्धान्तका आधार समीक्षा गर्ने अवसरलार्इ खेर फाल्नु हुँदैन। पराजित मानसिकताबाट ग्रसित भएर आफैं हराएजस्तो, थाकेजस्तो, समस्या पहिल्याउन नसकेजस्तो देखिने कांग्रेसले यही महासमितिबाट देशको राजनीतिलाई दिशा दिने र पार्टी आधुनिक मोडमा ढाल्‍ने संकल्प गर्न जरुरी छ।

पार्टीमा नेता र नेतृत्व हावी हुनेभन्दा विचार र बहस हावी हुने वातावरण सिर्जना गर्नुपर्छ। तबमात्र यस महासमितिको सार्थकता हुन्छ। मन्चमा भाषण गर्ने तर मनमा गुटको कुन्ठा पालिरहने हो भने महासमितिको औचित्य केही दिनको काठमाडौंको भिडभाड र व्यापार बढाउनेबाहेक केही हुन सक्दैन।

महासमिति भेलामा सभापति शेरबहादुर देउवाले विगतमा एकता नहुँदा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईजस्ता नेताले पार्टी छाड्नुपरेको सम्झिँदै आफूले अब त्यसो हुन नदिने भन्दै कार्यकर्तालाई आश्वास्त पार्न खोजे। सरकारको आलोचना समेत गरेका कतिपय नेताले त्यसक्रममा बितेको १० महिना सरकारले जस्तै प्रतिपक्षको रूपमा कांग्रेसले पनि खेर फालेको भन्दै प्रतिपक्षका रूपमा आफ्ना नीति-कार्यक्रममा व्यापक सुधार आवश्यक रहेको औँल्याएका छन्।

बन्दसत्रमा बोल्ने अधिकांश महासमिति प्रतिनिधिले पनि आमनिर्वाचनमा पार्टीभित्रबाटै भएका अन्तर्घात, नेतृत्वको कार्यशैली, केन्द्रमै व्याप्त गुटबन्दी, संगठनको सुस्तता जस्ता विषय उठाउँदै बोलेका नेताहरूले पार्टीको अवस्थाबारे गम्भीर आत्मबोध गर्न आवश्यक रहेको बताए। उनीहरुले नीतिभन्दा नेताको शैली परिवर्तनमा जोड दिएका छन् । पार्टीको राजनीतिक, आर्थिक, सांगठिनक दस्ताबेजमाथि टिप्पणी गर्दै उनीहरूले भने, ‘नीतिमा कुनै खोट छैन । परिवर्तन पनि आवश्यक छैन । परिवर्तन चाहिएको छ त नेताको चरित्र, कार्यशैली र आचरणमा ।’

यी कुरालार्इ विचरण गर्दा कांग्रेसमा नेतृत्वदेखि कार्यकर्तासम्म गल्ती भएको महसुस सबैमा भएको छ। यही शिराबाट पार्टीलार्इ एकतामा बाँधेर सबैलार्इ समान अवसर दिएर युवा पंक्तिको विचार र उर्जालार्इ पनि विशेष स्थान दिन जरुरी छ। बाहिर देखिएका सभापति देउवा र रामचन्द्र गुट भएपनि छायाँमा अन्य धेरै गुट तथा उपगुटहरुले खेलिरहेका छन्। उनीहरुले पनि यसरी कांग्रेस कमजोर हुने हेक्का गर्नुपर्छ र सच्चा कांग्रेस भएर पदभन्दा पार्टीको सर्वाङ्गिण हितमा केन्द्रित हुनुपर्छ।

महासमितिमै जोडतोड साथ उठेको विषय हो हिन्दु राष्ट्रको मुद्दा। विगतमा धर्म निरपेक्ष बनाउन मुख्य भूमिका खेलेको कांग्रेसले फेरि पछि फर्किदा कतिको जायज हुन्छ ? यस विषयमा पनि सोच्‍न जरुरी छ। अहिले संविधानमा व्यवस्था भएकै धर्म निरपेक्षलार्इ पुन : परिभाषित गरेर सबै धर्मलाई समान धुरीमा राख्‍ने र धार्मिक सहिष्णुता कायम गर्न जोडबलतिर लाग्‍नु पर्छ। यदी हिन्दु राष्ट्र मै फर्किने हो भने यसमा आम जनताको धारण के छ भन्‍ने विषयमा बहस र अध्ययन गर्नुपर्छ। आम धारणालाई प्रतिनिधित्व गर्न सक्ने र आधुनिक नेपाललार्इ सही दिशामा हिडाउन एजेन्डाको निष्कर्ष यस महासमितिले निकाल्नु पर्छ।

महासमितिले राष्ट्रिय राजनीतिमा बलियो विपक्षी बन्न आत्मबल बढाउने अवसर त्यति बेला मात्र आर्जन गर्छ जब उसले पार्टीलाई मनी र मसलको गठजोडबाट मुक्त बनाउने उपाय दिन सक्छ। राष्ट्रिय पार्टी राजनीतिक मुद्दाका आधार र मुद्दा वहन गर्न सक्ने चरित्रको बलमा उठ्न सक्छ। पार्टीमा नेता र नेतृत्व हावी हुनेभन्दा विचार र बहस हावी हुने वातावरण सिर्जना गर्नुपर्छ। तबमात्र यस महासमितिको सार्थकता हुन्छ। मन्चमा भाषण गर्ने तर मनमा गुटको कुन्ठा पालिरहने हो भने महासमितिको औचित्य केही दिनको काठमाडौंको भिडभाड र व्यापार बढाउनेबाहेक केही हुन सक्दैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.