कञ्चनपुर, पुस १ : नेपाल विद्युत प्राधिकरण महेन्द्रनगरका चौकिदारको करेन्ट लागेर मृत्यु भएको छ।
कञ्चनपुरको भीमदत्त नगरपालिका १९ का चन्द्रदेव भट्टको विद्युत कार्यालयमा आइतबार बिहान करेन्ट लागी मृत्यु भएको हो । आइतबार बिहान करिब ६ बजेर २० मिनेट जाँदा लालपुरस्थित विद्युत कार्यलयमै उक्त घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।
मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दै स्थानीयले वेदकोटको लालपुर क्षेत्रमा सवारीसाधन बन्द गरी आन्दोलन गरिरहेको प्रहरीले जनाएको छ। उक्त आन्दोलन नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट सुरक्षाकर्मी टोली खटाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।