लागुऔषध तथा बालबालिकाविरुद्ध हुने हिंसा नियन्त्रणका विद्यार्थी पढाउँदै प्रहरी

रिपोर्ट नेपाल | 2018 Dec 15 | 07:32 am 4521

रुकुम, मंसिर २९ : लागुऔषध तथा बालबालिकाविरुद्ध हुने हिंसा नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयले जिल्लास्थित विभिन्न विद्यालयमा विद्यार्थीलार्र्ई पढाउन शुरु गरेको छ । विशेष सचेतना अभियानअन्तर्गत प्रहरीले विभिन्न विद्यालयमा उक्त विषयमा कक्षा लिन शुरु गरेको हो ।

फाइल फाेटाे

विभिन्न विद्यालयका कक्षा ८ देखि १२ कक्षासम्म अध्यनरत विद्यार्थीलाई लागुऔषध दुव्र्यसन, साइबर अपराध, मानव बेचबिखन, मदिरा सेवन र सवारी दुर्घटनासम्बन्धी चेतनामूलक प्रशिक्षण दिन शुरु गरेको रुकुम(पूर्व)स्थित जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । सामाजिक अपराध र बालविवाह न्यूनीकरणका लागि पहिले विद्यार्थीलाई नै सचेत पार्नुपर्ने भएकाले विद्यार्थीलाई पढाउन शुरु गरिएको उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले बताए ।

“जिल्लामा पछिल्लो समय लागुऔषध सेवन गर्नेको सङ्ख्या बढिरहेको पाइएकाले यस्तो अभियान शुरु गरेका हौँ”, उनले भने, “अहिलेसम्म आधा दर्जनभन्दा बढी विद्यालयमा यो अभियान सञ्चालन गरिसकेका छौँ ।” प्रहरीले जिल्लामा गाँजा फँडानीलगायत विभिन्न आपराधिक क्रियाकलापका बारेमा पनि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएकोे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.