काठमाडौं, मंसिर २८ : काठमाडौं उपत्यकाको शुक्रबार बिहानको तापक्रम ४ डिग्री सेल्सियस छ। दिपयालको न्यूनतम तापक्रम ६ दशमलव २ डिग्री मापन गरिएको छ।
तापक्रम निरन्तर घट्ने-बढ्ने क्रम चलिरहेको छ। बिहीबार केही पडाडी भेगमा वर्षा भएसँगै मौसम खुलेको छ। शुक्रबारको डडेल्धुराको न्यूनतम तापक्रम ३ दशमलव ८ डिग्री सेल्सियस छ।
धनगढीको न्यूनतम तापक्रम ९ दशमलव ५ डिग्री, विरेन्द्रनगरको न्यूनतम तापक्रम ८ दशमलव ४ डिग्री, नेपालगन्जको ११ दशमलव ७ डिग्री छ भने जुम्लाको न्यूनतम तापक्रम शून्य दशमलव ८ डिग्री मापन गरिएको छ।
त्यसैगरी दाङको न्यूनतम तापक्रम ९ दशमलव ३ डिग्री, पोखराको ६ दशमलव ५ डिग्री, भैरहवाको न्यूनतम तापक्रम १० दशमलव ३ डिग्री, सिमराको ८ दशमलव ८ डिग्री, ओखलढुंगाको न्यूनतम तापक्रम ६ दशमलव ७ डिग्री, ताप्लेजुङको न्यूनतम तापक्रम ४ दशमलव ३ डिग्री मापन गरिएको छ।
धनकुटाको न्यूनतम तापक्रम ८ दशमलव ४, विराटनगरको न्यूनतम तापक्रम ११ डिग्री, जोमसोमको न्यूनतम तापक्रम १ डिग्री, धरानको १५ दशमलव ९, जनकपुरको १० दशमलव ४ डिग्री र निरीको तापक्रम माइनस शून्य दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ।
मंसिर २८ गते शुक्रबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदलि रहनेछ भने अन्य स्थानमा मौसम सामन्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाल जनाएको छ।
आज बिहान काठमाडौंमा सुर्योद बिहान ६ बजेर ४६ मिनेट भयो भने सुर्यास्त बेलुका ५ बजेर ११ मिनेटमा हुनेछ।