काठमाडौँ, मंसिर २६ : केही दिन देखि सुधार आएको शेयर बजारमा आज बुधबार पनि केही सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ० दशमलव ०८ बिन्दुले बढेर एक हजार १ सय ४१ दशमलव १८ बिन्दुमा पुगेको छ ।
यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक स्थिर रहेको छ । कूल १ सय ५६ कम्पनीको आठ लाख ६५ हजार ७ सय १९ कित्ता शेयर २६ करोड ८८ लाख १० हजार ८ सय २४ मूल्यमा खरीद बिक्री भएका छन् ।
स्टकका अनुसार कारोवार भएका दश उपसमूहमध्ये आज पाँच उपसमूहको मात्रै शेयर कारोवारमा वृद्धि भएको छ । त्यसमा जलविद्युत् ३५ दशमलव ७७, वित्त ३ दशमलव ६२, उत्पादन १ दशमलव ५२, अन्य ० दशमलव ६५ र बीमा २३ दशमलव ६४ बिन्दुले बढेको छ ।
बैंकिङ १ दशमलव ३३, होटल ३७ दशमलव २७, विकास बैंक २ दशमलव ५७, निर्जीवन बीमा १० दशमलव ६९ र लघुवित्त ८ दशमलव ४६ बिन्दुले घटेको छ । सोल्टी होटल लिमिटेड, आइएमइ जनरल इन्स्योरेन्स, चिलिमे हाइड्रोपावर, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक र प्रोगेसिभ फाइनान्स कम्पनीका शेयरधनीले कमाएका छन् ।
सिटिजन इन्टरनेशनल बैंक, एनएमबी माइक्रोफाइनान्स, सिभिल लघुवित्त वित्तीय संस्था, नागबेली लघुवित्त विकास बैंक र मिर्मिरे लुघवित्त वित्तीय संस्थाको लगानीकर्ताले गुमाएका छ ।